फिक्कल गाउँपालिकाको विकट वडा नं. ६ मा बस पुगेपछि स्थानिय हर्षित

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २२ असोज । सिन्धुलीको फिक्कल गाउँपालिकाको विकट वडा नं. ६ मा हिजो सार्वजनिक बस पुगेपछि स्थानिय हर्षित भएका छन् ।

पहिलो पटक गाउँमा बसपुगे पछि स्थानीयले चालक तथा सहचालकलाई पन्चेबाजा बाजागाजा सहित फूल माला अबिर लगाई भव्य स्वागत गरेका छन् ।

फिक्कलबाट काठमाडौं सम्म संचालन हुदै आएको रोयल ओखलढुङगा डिलक्सको बा ४ ख ३०८८ नम्बरको बस मध्य पहाडी लोकमाग बाट उकालो लाग्दै वडा नं. ६ को केन्द्र तालुखे गाउँ सम्म पुगेको हो ।

पहिलो पटक घरआगनमै बस पुगेपछि स्थानीयबासी दंग भएका छन्।

गएको आर्थिक बर्षमा गाउँपालिका र बागमती प्रदेश सरकारको समपुर तर्फको २ करोड र सडक डिभिजन कार्यालय खाल्टेको ५० लाख बजेटमा सडकको स्तर उन्नती गरेर वडा कार्यालय सम्म बस पुगेको गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले बताउनुभयो ।

हिजो वडा नं. ६ को कार्यालय रहेको ठाउँ तालुखे सम्म बस चलाउन सकिन्छ वा सकिदैन भनेर परिक्षणको लागि बस पुर्याइएको अध्यक्ष सुनुवारले बताउनुभयो ।

हिजो सहजै बस वडा कार्यालय सम्म पुगेकाले दशैं अघि देखि भने नियमित बस संचालन गर्ने तयारी भईरहेको अध्यक्ष सुनुवारले बताउनुभयो ।

नियमित बस सेवा संचालन भए गाउँका नागरिक यातायातको सेवाबाट लाभान्वित हुनुका साथै कृषिजन्य लगाएत गाउँमा उत्पादन भएका बस्तु बजार सम्म लैजान सहज हुने वडा नं. ६ का वडाअध्यक्ष कुलेन्द्र बहादुर मगरले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?