प्रत्येक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली स्थापित गराउने हो भने संविधान संसोधन हुन्छ ः पुर्वसभामुख सापकोटा

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १७ पुष । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी प्रसाद सापकोटाले प्रत्येक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली स्थापित गर्ने गरी मात्रै संविधान संसोधन गर्न सकिने बताउनुभएको छ ।

माओवादी केन्द्र मरिण गाउँ कमिटिको आज देखि सुरु भएको दोस्रो गाउँ अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अग्रगमन र परिवर्तनको लागि मात्रै संविधान संसोधन गर्न आफ्नो पार्टी सहमत रहेको बताउनुभयो ।

पुर्वसभामुख समेत रहनु भएका सापकोटाले देशमा अहिले भईरहेको अस्थीरताको अन्त्य गर्न विश्वले अंगिकार गरेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति पं्रणाली नै उपयुक्त हुने धारणा राख्नुभयो ।

उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, महिलाहरुलाई ५० प्रतिशत अधिकार, आदीवासी जनजाती, दलित, सिमान्तकृत, मधेशी सबैको अधिकार बढाउन एमाले, काग्रेस सहमत भए मात्रै माओवादी संविधान संसोधन गर्न तयार रहेको बताउनुभयो ।

उहाँले एमाले र नेपाली काग्रेसले सत्तामा पुग्नको लागि संविधान संसोधनलाई भ¥र्याङ मात्रै बनाएको उहाँको आरोप छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्