प्रणय दिवसको अवसरमा लन्डनमा बनाइएको नयां म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सिन्धुली प्रेस
  • ख-
  • ख+

प्रणय दिवसलाई लक्षित गर्दै मायालु जोडीहरूका लागि युवा गीतकर तथा कवि बाबुराम श्रेष्ठ यात्रीको ‘तिम्रो मिठो मुस्कान’ गीतमा भिडियो बनाइएको हो ।यो भन्दा अघि यात्रीले हाइलाइट म्युजिक बाट ूजीवनू गीत ल्याउनु भएको थियो ।यो सगै आधा दर्जन गीत उहाँको बाहिर बजारमा आएको छ।

लन्डनका चर्चित युवा निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा मन इन्टरटेन्मेन्टले म्यूजिक भिडियो प्रस्तुत गरेको हो ।

म्यूजिक भिडियोमा मिसेस नेपाल यूके २०२२ निष्मा बन र सजिन श्रेष्ठले अभिनय गरेका छन् ।

भिडियोमा लन्डनका विभिन्न लोकेशनमा कलाकारहरुको रोमाञ्चक दृश्य आकर्षक देखिन्छ । भिडियो विगतका जस्तै स्तरिय बनेको बताउंदै श्रेष्ठले आफ्नो प्रियजनलाई यही गीतमार्फत भ्यालेन्टाइन डे ‘वीस’ गर्न पनि अनुरोध गरे ।

निर्देशक श्रेष्ठले प्रणय दिवसका अवसरमा प्राय वर्षेनी म्यूजिक भिडियो पस्कंदै आएका छन् । बेलायतमा म्यूजिक भिडियो निर्देशनमा अधिपत्य जमाइरहेका श्रेष्ठ ‘फूलटाइम’ यसैमा व्यस्त छन् ।

गीत सौगातजंग थापा र सुरक्षा सेन्चुरीले गाएका छन् भने संगीत सौगातकै छ । एरेन्ज विशाल निरौला गरेका हुन् । भिडियोमा मेक अपको जिम्मेवारी अम्बिका अधिकारीले निर्वाह गरेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?