
सिन्धुली,१७ असाेज । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा विभिन्न पार्टी छाडेर सयैँकाे संख्या नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । निर्वाचित पुर्व वडा अध्यक्ष बालकृष्ण नेपाल सहित काग्रेस र एमाले छाेडेर २ सय ४० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पुर्व वडा अध्यक्ष नेपाल २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा नेपाली काग्रेसबाट हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ काे वडा अध्यक्षमा निर्वाचित हुनु भएकाे थियाे । आज हरिहपुरगढी गाउँपालिका २ झनझनेमा भएकाे जनसभामा माओवादी केन्द्रका उप-महासचिव जनार्दन शर्माले टिका, अवीर लगाएर पार्टी प्रवेश गराउनुभएकाे हाे ।