पन्चकन्या माविका विद्यार्थीहरूलाई स्कुल झोला वितरण

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १५ चैत ।

सिन्धुलीको कमलामाई नगरपालिका ४ मरिण कुडुलेमा रहेको श्री पन्चकन्या माध्यमिक विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई स्कुल झोला वितरण गरिएको छ ।

कोबे इन्टरनेशनल एजुकेसन सेन्टर KIEC को सहयोगमा पन्चकन्या माविका बाल कक्षा देखि कक्षा ९ सम्म अध्ययनरत ३० जना विद्यार्थीहरूलाई स्कुल झोला बवितरण गरिएको हो । स्कुल झोला पाए पछि विद्यार्थीहरू खुसी भएका छन् ।

पन्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक धन बहादुर स्याङतानको अध्यक्षतामा आयोजित कार्यक्रममा केआइइसीका प्रबन्धक निसान बुढाथोकीले विद्यार्थीहरूलाई स्कुल झोला वितरण गर्नुभएको हो ।

झोला वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रअ स्याङतानले झोला पाएपछि विद्यार्थीहरूलाई किताब कापी बोक्न सजिलो हुनुका साथै किताब कापीको सुरक्षा पनि हुनेब बताउनुभयो ।

झोला वितरण गर्दै केआइइसीका प्रबन्धक बुढाथोकीले आफुले सानोमा आर्थिक अभावमा झोला बोक्न नपाएको स्मरण गर्दै पैसा नभएर झोला बोक्न बञ्चित बालबालिकालाई सहयोग गर्न पाउँदा आत्मा देखि सन्तुष्टी मिलेको बताउनुभयो 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?