नेवार समुदायले सिन्धुलीमा लाखे नाच देखाए

बुद्ध नेपाली
  • ख-
  • ख+


सिन्धुली, २० भदौं । सिन्धुलीका नेवार समुदायले आज आफ्नो मौलिक लाखे नाच देखाएका छन् ।

श्रीकृष्ण जन्माष्टमीको दिन आज सिन्धुलीका नेवार समुदायले नेवारी परम्परा, सँस्कृति, पहिचान भल्कने पहिरन, भेषभुषा सहित झाँकी नेवारी नाच र लाखे नाच देखाएका हुन् ।

नेवार समुदायले सिन्धुलीमाढी स्थित २ नम्बर बजारमा रहेको भिमसेनथान नेवा गुठी भवनबाट सुरु गरेर १ नम्बर बजार, धुराबजार, रातमाटा हुदै ढुङ्ग्रेवास सम्म लाखे नाच देखाएका छन् ।

पछिल्लो समय लाखे नाच्न जान्ने र युवा पुस्ताले यसलाई महत्व नदिँदा हराउँदै गएको गएको लाखे नाचको संरक्षणमा नेवा देय दवू सिन्धुलीको आयोजनामा लाखे नाच देखाइएको नेवा देय दवू सिन्धुलीका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेवा देय दवू सिन्धुलीले नागपञ्चमीका दिन र आज कृष्णजन्माष्टमीका दिन लाखे नाच देखाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्