नेपाली कांग्रेस सुनकोसीद्वारा कार्यालयमा तालाबन्दीः भ्रष्टाचार मुद्दामा मुछिएका प्रधानाध्यापकलाई जोगाउने प्रयास

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली असार १७

सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ मा रहेको प्रगतिशिल माध्यमिक विद्यालय बोहोरेटारको विवाद सतहमा आएको छ । आर्थिक हिनामिनाको आरोप लागेको शिक्षकको बिषयलाई लिएर सुनकोशी गाउँपालिकामा नेपाली काग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यालयमा तालाबन्दी गरेपछि विद्यालयको विवाद सतहमै पुगेको हो ।
गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोइरालाको नेतृत्वमा वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा तालाबन्दी गरेका हुन्।गाउँपालिकाले प्रअ चौलागाईलाईस्पष्टीकरण माग गरेपछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरिएको हो ।
विद्यालयको विभिन्न बिषयमा परेको उजुरीको स्पष्ट विवरण, कागजातहरु र प्रतिक्रिया माग गरी पठाएको पत्रहरुको वेवास्ता अटेर गरी अवज्ञा गरेपछि प्रअ चौलागाईसँग स्पष्टीकरण माग गरिएको गाउँपालिकाले जनाएको छ ।
पटक पटक पठाएको पत्रहरुलाई बेवास्ता गरेको भन्दै शिक्षा सम्बन्धी कार्यविधि २०७५ को पहिलो संसोधन २०८० सहितको दफा १६ को उपदफा २ र दफा २० को उपदफा ५ बमोजिमसुनकोशी गाउँपालिकाले गएको असार १५ गते पत्र काटेरप्रअ चौलागाईलाई आज कार्यालय समय भित्र स्पष्टीकरण पेश गर्न अनुरोध गरेको छ ।
प्रअ चौलागाईलाई गाउँपालिकाले के के बिषयमा स्पष्टीकरण माग गरेको छ ।
१) गाउँपालिकाको यही असार १२ गतेको पत्रसाथ माग भएको विवरण कागजातहरु र प्रतिक्रिया के कति नियतले पत्रको वेवास्ता अटेर गरी अवज्ञा गर्नुभएको हो ?
२) २०८० चैत २८ गते उपलब्ध गराएको अनुदान सम्बन्धमा विद्यालयका लेखापालले २०८१ चैत २० गतेको पत्रसाथ कुन कामको लागी खर्च भएको हो विवरण पेश गर्न नसक्ने भन्नुभएकोले जुन कामको लागी उपलब्ध गराएको हो सोही काममा के कती कारणले खर्च नगर्नु भएको हो ?
३) प्रगतिशील नमूना मा.वि. को प्रशासनिक भवन निर्माणको लागि आर.वि. सिद्धार्थ कन्सट्रक्सन प्रा.लि. र विद्यालय विच ठेक्का सम्झौता भई २०८१ असोज मसान्त सम्म अन्तिम म्याद रहेको २०८१ पौष १२ गते कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानीको लागि पेश हुँदा के कती कारणले भुक्तानी नगरेको हो ?
४) आर.वि. सिद्धार्थ कन्ट्रक्सन प्रा.लि. को मिति २०८२ असार १० को पत्र र त्यस विद्यालयको २०८२ बैशाख २५ गतेको पत्रानुसार कुल अन्तिम भुक्तानी हुनुपर्ने रकम रु ६८ लाख ९७ हजार ५५६ रुपैयाँ २६ पैसा रहेकोमा भुक्तानी दिन रु १६ लाख ६४ हजार ४८० रुपैया नपुग भन्ने देखिएकोले के कती कारणले यस्तो हुन गएको हो ?
५) गाउँपालिकाले उपलब्ध गराएको अनुदानहरुको दुरुपयोग किन गर्नु भएको हो ?
यी बिषयहरुमा गाउँपालिकाले प्रअ चौलागाईसँग स्पष्टीकरण माग गरेपछि काग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु आक्रोशित भएका छन् । आर्थिक बर्षको अन्तिम सयममा कार्यालय प्रमुखकै कार्यकक्षमा तालाबन्दी गरेर स्थानिय नागरिक प्रति जनप्रतिनिधिहरुले गैर जिम्मेवारपन देखाएको स्थानियको गुनासो छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्