
सिन्धुली, २२ जेठ ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका सहसचिव प्रकास श्रेष्ठलाई पितृशोक परेको छ । उहाँको बुवा भिम बहादुर श्रेष्ठको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रम्मा निधन भएको छ ।
बुवाको निधन भएको सहसचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको हो । उहाँको पार्थिव शरीरमा भोली बिहान ७ः३० बजे उहाँकै निवास मरिण गाउँपालिका ७ देवजोरमा अ्न्तिम श्रद्धाञ्जली अर्पण गर्दै शवयात्रा सहित मरिण खोला किनारमा अन्तेष्टि गरिने माओवादी केन्द्र सिन्धुलीका संयोजक पानीराज बम्जनले जानकारी दिनुभयो ।
स्वर्गीय श्रेष्ठ नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी अन्तर्गत ज्येष्ठ कम्युनिष्ठ मञ्च सदस्य हुनुहुन्थ्यो ।