निर्वाचन प्रणाली नबदले सम्म देशकाे राजनिति स्थिर हुदैन : सांसद घिमिरे 

सिन्धुली प्रेस
  • ख-
  • ख+

बुद्ध नेपाली २९ जेठ

प्रतिनिधिसभा सदस्य श्याम घिमिरेले हालकाे निर्वाचन प्रणाली नबदले सम्म देशकाे राजनिती स्थिर नहुने बताउनुभयो छ । आज नेपाल प्रेस यूनियनले सिन्धुलीमाढीमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेले राजनीतिक अस्थिरताले देशकाे विकासमा बाधा पुगेको बताउनुभएकाे हाे ।

उहाँले संविधान संसाेधन गरेर निर्वाचन प्रणाली बदल्नु पर्ने धारणा राख्नुभयाे । देशकाे निर्वाचन प्रणालीका कारण स्थिर सरकार नहुदाँ नागरिकमा राजनिती प्रति वितृष्णा बढ्दै गएकाे बताउनुभयो । उहाँले संघियताका कारण देशकाे अर्थतन्त्र शिथिल भएकाे बताउनुभयो ।

देशकाे अर्थतन्त्रले धान्न नसक्ने भएकाले संघियताकाे पुर्नविचार गर्नु पर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले आफ्नो आवश्यकता औचित्य पुष्टि गर्न नसकेकाले प्रदेश सरकार खारेज गर्नुपर्ने धारणा राख्नुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्