नवदिप एकेडेमी बोर्डिङ स्कुलको १४औ बार्षिक उत्सव तथा अभिभाबक दिवस सम्पन्न

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १२ फागुन ।

घ्याङलेख गाउँपालिका २ मा रहेको नवदिप एकेडेमी बोर्डिङ स्कुलले बिबिध कार्यक्रमको गरेर आफ्नो १४औ बार्षिक उत्सव तथा अभिभाबक दिवस सम्पन्न गरेको छ ।स्कुलका अध्यक्ष अर्जुन कुमार जर्गा मगरको अध्यक्षता तथा घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानको प्रमुख आतिथ्यतामा दिवस मनाईएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष घलानले नवदिप एकेडेमी बोर्डिङ स्कुलको शैक्षिक गतिविधिको गाउँपालिकाले अनुगमन, निरिक्षण गर्दै आएको बताउनुभयो ।

घ्याङलेख गाउँपालिका २ वडा अध्यक्ष रोसन कुमार भोलनले स्कुलले छोटो समयमै राम्रो शैक्षिक प्रगती गरेको बताउनुभयो ।

मावि मरिण हायूटारका प्रधानाध्यापक विजय कुमार थिङले सबैको सहकार्यमा स्कुलले असल विद्यार्थी उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बार्षिक उत्सवको अवसरमा स्कुलका अतिरिक्त खेलमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ । स्कुलको कक्षाहरुमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा बिद्यार्थीहरुले अभिभावक शिक्षा सम्बन्धी नाटक र बिभिन्न नाचगान लगाएतका प्रतिभाहरू समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला शुभेच्छुक तथा अभिभावक, बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्