त्र्यम्बकेश्वर ज्योतिर्लिङ मन्दिरमा श्रीमद् भागवत महापुराण लाग्ने

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ७ माघ । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारीमा रहेको त्र्यम्बकेश्वर ज्योतिर्लिङ मन्दिरमा फागुनको पहिलो हप्ता देखि श्रीमद् भागवत महापुराण लाग्ने भएको छ ।

त्र्यम्बकेश्वर ज्योतिर्लिङ मन्दिर संरक्षण एवं विकास समितिको आयोजनामा आगमी फागुन ७ गते देखि १५ गते सम्म श्रीमद् भागवत महापुराण हुन लागेको हो ।

ज्योतिर्लिङ मन्दिरको भौतिक विकास र प्रचार प्रसार गर्ने उदेश्यले नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद् गुरू, अन्नतश्री विभुषित बाल सन्त मोहन शरण देवाचार्य महाराजश्रीको मुखराविन्दबाट सप्ताहव्यापी मन्दिरमा श्रीमद् भागवत महापुराणको कथा प्रवचन हुने आयोजकले जनाएको छ ।

शिवपुराण, स्कन्दपुराण, वृहद् विष्णुपुराण र वाल्मिकी रामायण आदि धर्म ग्रन्थहरुमा वर्णन गरिएको १२ ज्योतिर्लिङ प्रसिद्ध त्र्यम्बकेश्वर ज्योतिर्लिङ चियाबारी भन्दा १ किलोमिटर उत्तरमा ग्वाङ खोला किनारमा रहेको भनी नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरु अनन्तश्री विभुषित बाल सन्त मोहन शरण देवाचार्य महाराजश्रीले पत्ता लगाएर मन्दिर स्थापना गर्नुभएको थियो । उहाँले नै पहिलो पटक केही बर्ष अघि श्रीमद् भागवत महापुराण लगाउनुभएको थियो ।

अहिले पनि उहाँकै अग्रसरतामा श्रीमद् भागवत महापुराण लगाउन लागिएको त्र्यम्बकेश्व ज्योतिर्लिङ मन्दिर संरक्षण एवं विकास समितिका अध्यक्ष दान बहादुर जर्गामगरले बताउनुभयो ।

आज त्र्यम्बकेश्वर ज्योतिर्लिङ मन्दिर प्राङ्गणमा सरोकारवाला व्यक्तिहरु बसेर श्रीमद् भागवत महापुराण आयोजना गर्ने बिषयमा छलफल समेत गरेका छन् ।

छलफल कार्यक्रममा कमलामाई नगरपालिकाका निवर्तमान मेयर खड्ग बहादु्र खत्री लगाएत विभिन्न सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?