तीन महिने अभियानले गाउँ टोलमा रहेका विकृति, विसंगतिको अन्त्य गर्छ ः उपाध्यक्ष ‘छिन्तु’

बुद्ध नेपाली
  • ख-
  • ख+

झनझने, १६ भदौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि उपाध्यक्ष प्रेम बहादुर पुलामी ‘छिन्तु’ ले पार्टीले संचालन गरेको तीन महिने अभियानले गाउँ टोलमा रहेका विकृति, विसंगतिको अन्त्य गर्ने बताउनुभएको छ ।

आज शनिवार जनतासँग माओवादी विशेष रूपान्तर अभियान अन्तर्गत भएको हरिहरपुरगढी गाउँपालिका २ नम्बर वडाको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पुलामीले यो अभियानले गाउँमा देखिएका आर्थिक अनियमितता र भ्रष्टचारको भण्डाफोर गरी गाउँ टोललाई सुशासनमय बनाउने बताउनुभएको हो ।

बागती प्रदेशसभा सदस्य समेत रहनुभएका पुलामीले माओवादी पार्टीलाई रुपान्तरणसँगै सुशासनयुक्त समाज बनाउने मुख्य उदेश्यले तीन महिने अभियान सुरु गरिएको बताउनुभयो ।

उहाँले पार्टीका सबै तहका नेताहरु रुपान्तरण हुदै सामुहिक भावनाको विकास गरी समाजमा सुशासन कायम गर्न र विकासमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य एवं हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले स्थानिय सरकारले गरेको जनपक्षिय कामहरुको प्रचार प्रसारमा पार्टीले सहयोग गर्नुपर्ने बताउनुभयो ।

जनतासँग माओवादी, विशेष रूपान्तर अभियान अन्तरगत नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ कमिटीका अध्यक्ष सुरेन्द्रजंग राईको अध्यक्षतामा बैठक बसेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्