तीनपाटन गाउँपालिकाको कार्यक्रम,“घरमै स्वास्थ्यकर्मी” भदौं ३० सम्म आवेदन दिन पाईने

बुद्ध नेपाली
  • ख-
  • ख+


सिन्धुली, १७ भदौं । सिन्धुलीको तीनपाटन गाउँपालिकाले महिनाको एक पटक घरमै पुगेर नागरिकको सामान्य स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाएको छ ।

गाउँपालिकाले गएको भदौं १५ गते एक सुचना निकालेर “घरमै स्वास्थ्यकर्मी” कार्यक्रममा सहभागी हुन इच्छुक लाभग्राहीहरुलाई आफ्नो व्यक्तिगत विवरण सहित वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

गएको साउन ३१ गतेको तीनपाटन गाउँकार्यपालिकाको निर्णयले टोल एव्म घरमै गई आधारभुत सेवा सञ्चालन गर्ने कार्यविधि २०८० पारित गरेको छ ।

सोही कार्यविधि अनुसार घरमै महिनाको एक पटक स्वास्थ्यकर्मी मार्फत सामान्य चेकजाँच गर्ने व्यवस्था मिलाईएको तीनपाटन गाउँपालिकाका उपाध्यक्ष अशोक पुलामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्यान्सर, मृगौलाको डायलइसिस, मुटुको सर्जरी गरेका मुटु रोगी, प्यारालाईसिस जस्ता गम्भिर प्रकृतिका रोग लागेका विरामीहरुको घरमै पुगेर स्वास्थ्यकर्मीले चेकजाँच गर्ने बताउनुभयो ।

त्यस्तै प्राकृतिक एव्म गैर प्राकृतिक प्रकोपका कारण विरामी भएकाहरु, असहाय अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिला, “क” वर्गका अपाङ्गता भएका र ९० बर्ष माथिका जेष्ठ नागरिकहरुको पनि घरमै पुगेर स्वास्थ्यकर्मीले चेकजाँच गर्ने उपाध्यक्ष पुलामीले बताउनुभयो ।

“घरमै स्वास्थ्यकर्मी” कार्यक्रमबाट लाभ लिन चाहाने लाभग्राहीले आगामी भदौं ३० गते भित्र आफ्नो नागरिकताको फोटोकपी सहित नाम, ठेगाना, संरक्षकको नाम, सम्पर्क नम्बर र कुन समुहको लाभग्राही हो सो कुरा खुलाई आफ्नो वडा कार्यालयमा आवेदन दिन गाउँपालिकाले सुचना मार्फत अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?