जिल्ला अदालत सिन्धुलीको ६१ प्रतिशत मुद्धा फर्छोट

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ३ साउन । जिल्ला अदालत सिन्धुलीले एक बर्षमा दर्ता भएको मुद्धा मध्ये ६१ प्रतिशत मुद्धा फर्छौट गरेको छ ।

आर्थिक बर्ष २०८०÷०८१ मा दर्ता भएका ८ सय ३ र जिम्मेवारी सरी आएका ९ सय २४ गरी जम्मा १ हजार ७ सय २७ मुद्धा मध्ये १ हजार ६८ अर्थात ६१ दशमलब ८४ प्रतिशत मुद्धा फर्छौट भएको जिल्ला अदालत सिन्धुलीले जनाएको छ ।

अदालतको विवरण अनुसार दर्ता भएको ६ सय ५९ मुद्धा फर्छौट हुन बाँकी रहेको छ । । २ वर्ष नाघेको मुद्दा ४ सय ७५ थान रहेकोमा ३ सय ८२ थान मुद्दा फर्छौट भई ९३ थान मुद्दा फर्छौ गर्न बाकीँ रहेको अदालतले जनाएको छ ।

यस आर्थिक वर्षमा सम्बन्ध विच्छेद मुद्दाको लगत ३ सय ४१, फैसला २ सय ४६ र बाँकी ९५ रहेको छ ।

जबरजस्ती करणी मुद्दाको लगत ३०, फैसला ६, बाँकी २४, सवारी ज्यान मुद्दाको लगत २०, फैसला १२, बाँकी ८, त्यस्तै लागू औषध मुद्दाको लगत २६, फैसला १० बाँकी १६, घरेलु हिंसा मुद्दाको लगत १ रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्