
बुद्ध नेपाली सिन्धुली, ३१ साउन । विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ चियाबारीमामा डबलक्याप बोलेरो गाडी दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
दुर्घटनामा अन्य ५ जना घाईते भएका छन् ।
गोलन्जोर गाउँपालिकाबाट तरकारी सहित यात्रु लिएर आएको बा २० च ८२८३ नम्बरको डबलक्याप बोलेरो दुर्घटना भएको हो ।
घाईतेहरुलाई उद्धार गरी उपचारको लागि सिन्धुली अस्पताल लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।