
सिन्धुली, २७ मंसिर । सिन्धुलीको मरिण गाउँपालिकाले चालु आर्थिक बर्षको हाल सम्म १५ करोड बढी रकम खर्च गरेको छ ।
आज गाउँपालिकामा भएको पहिलो चौमासिक समिक्षा कार्यक्रममा चालु आर्थिक बर्ष २०८०÷०८१ मा विनियोजित कुल बजेटबाट १५ करोड ५८ लाख २३ हजार ५ सय १ रुपैयाँ अर्थात २७ दशमलव ८४ प्रतिशत खर्च भएको जानकारी गराईएको हो ।
मरिण गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि कुल ५५ करोड ९६ लाख ५१ हजार ८ सय १ रुपैयाँ बजेट विनियोजिन गरेको छ ।
खर्च भएको रकम मध्ये चालु तर्फ १४ करोड ३८ लाख ९ हजार २१२ रुपैयाँ अर्थात ३५ दशमलव ५१ प्रतिशत खर्च भएको आर्थिक प्रशासन शाखाको लेखा सहायक शान्ता विकले जानकारी दिनुभयो ।
पुँजीगत तर्फ भने १ करोड २० लाख १४ हजार २८९ रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । समिक्षा कार्यक्रममा गाउँपालिकाको सबै विषयगत शाखाहरु, संघसस्थाहरुले हाल सम्म गरेको प्रगतीको बारेमा जानकारी गराईएको थियो ।
समिक्षा कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष, उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।