घ्याङलेख गाउँपालिका १ नम्बर वडाको योजनाहरु सम्पन्न हुने अन्तिम चरणमा

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ८ बैशाख

घ्याङलेख गाउँपालिका १ नम्बर वडाको आर्थिक बर्ष २०८१÷०८२ को योजनाहरु सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । वडाको तर्फबाट चालु आर्थिक बर्षमा १५ वटा योजना रहेका छ ।
ती योजनाहरु मध्ये हाल सम्म ११ वटा योजनाहरु सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । अरु ४ वटा योजनाहरु सम्झौता भई धमाधम काम भइरहेको घ्याङलेख गाउँपालिका १ नम्बर वडाका वडा सचिव ज्ञानलाल भोलनले बताउनुभयो ।
उहाँका अनुसार बाँकी ४ वटा योजनाहरु जेठ मसान्त सम्ममा सकिने वडा सचिव भोलनको भनाई छ । वडाको योजनाहरुलाई गुणस्तरीय बनाउन र समयमै सकाउन वडा कार्यालयको तर्फबाट अनुगमन, निगरानी भईरहेको वडा सचिव भोलनको भनाई छ ।
बागमती प्रदेशको नमुना वडा समाजवादी कार्यक्रम अन्तर्गत घ्याङलेख गाउँपालिका १ नम्बर वडामा १ करोड बजेट विनियोजना भएर विभिन्न योजनाहरु कार्यान्वयन भईरहेको छ । नमुना वडा समाजवादी कार्यक्रम अन्तर्गत वडाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको वडा घ्याङलेख गाउँपालिका १ नम्बर वडा अध्यक्ष सोम बहादुर भोलनले बताउनुभयो ।
वडाका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिनको लागि एम्बुलेनस खरिदको कार्य भईरहेको वडाअध्यक्ष भोलनले बताउनुभयो । नमुना वडा समाजवादी कार्यक्रमको अरु योजनाहरु धमाधम गर्ने तयारी भईरहेको वडाअध्यक्ष भोलनको भनाई छ ।
गाउँपालिकाको तर्फबाट वडाको लागि छुट्टीएको ३ वटा योजना मध्ये २ वटा योजना सम्पन्न भएको छ । एउटा योजना सम्झौता हुन बाँकी रहेको वडा सचिव ज्ञानलाल भोलनले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्