सिन्धुली, १५ माघ । घ्याङलेख गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा नेत्रकाली माध्यमिक विद्यालय प्रथम भएको छ ।
प्रतियोगितामा माध्यमिक विद्यालय मरिण हायूटार द्धितिय र नेत्रकाली माध्यमिक विद्यालय तामाजोर तृतिय भएको छ । प्रतियोगितामा प्रथम भएको नेत्रकाली माध्यमिक विद्यालयले नगद १० हजार, शिल्ड र मेडल पुरस्कार हात पारेको छ ।
द्धितिय भएको माध्यमिक विद्यालय मरिण हायूटारले नगद ७ हजार, शिल्ड र मेडल र तृतिय भएको नेत्रकाली माध्यमिक विद्यालय तामाजोर नगद ५ हजार, शिल्ड र मेडल पुरस्कार प्राप्त गरेको घ्याङलेख गाउँपालिका खेदकुद विकास समितिका अध्यक्ष अविनास वाईबाले जानकारी दिनुभयो ।
खेलकुद विकास समितिका अध्यक्ष अविनास वाईबाको अध्यक्षता हिजो भएको समापन कार्यक्रममा घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले प्रतियोगीतामा उपाधी जित्ने खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको छ ।
राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेदकुद भन्ने मुल नाराका साथ घ्याङलेख गाउँपालिका खेदकुद विकास समितिको आयोजनामा भएको खेदकुद प्रतियोगीतामा घ्याङलेख गाउँपालिका भित्रका ६ वटा माध्यमिक तहका विद्यालयहरुले सहभागीता जनाएका थिए ।
प्रतियोगीतामा भलिवल, कवडी, कराते, तेक्वान्डो तथा एथलेटिक्स तर्फका सम्पूर्ण खेलहरु खेलाइएको थियो ।