घ्याङलेख गाउँपालिकाले जाजरकोट भुकम्प पिडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने

बुद्ध नेपाली
  • ख-
  • ख+

सिन्धुली, १८ कार्तिक । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले जाजरकोट भुकम्प पिडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष शंकरमान घलान र प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्की सहित बसेको आकस्मिक बैठकले जाजरकोट भुकम्प पिडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको उपाध्यक्ष घलानले जानकारी दिनुभयो । केन्द्रिय सरकार मार्फत जाजरकोट भुकम्प पिडितलाई सहयोग रकम उपलब्ध गराईने प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्