घ्याङलेख गाउँपालिकामा निःशुल्क तालिम संचालन हुने

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकाले किशोर किशोरीहरुलाई निःशुल्क कम्प्युटर तालिम दिने भएको छ । गाउँपालिकाले आज सुचना निकालेर कम्प्युटर सम्बन्धी सिप सिक्न इच्छुकहरुसँग आवेदन माग गरेको छ ।

किशोर किशोरीहरुका लागि निःशुल्क ४५ दिने कम्प्युटर तालिम सञ्चालन हुने गाउँपालिकाले सुचनामा जनाएको छ । निःशुल्क कम्प्युटर तालिम आगामी जेठ ६ गतेदेखि मावि मरिण हायूटारको कम्प्युटर ल्याबमा सुरु हुने गाउँपालिकाले जनाएको छ । टाढाबाट आउने विद्यार्थीहरुको लागि निःशुल्क वस्ने व्यवस्था रहेको पनि सुचनामा उल्लेख गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्