
हायूटार, सिन्धुली, १५ माघ ।
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा आज बृहत साेनाम ल्हाेछार साँस्कृतिक जागरण तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । घ्याङलेख गाउँपालिकाकाे आर्थिक सहयोगमा नेपाल तामाङ घेदुङ घ्याङलेख गाउँपालिका समितिले कार्यक्रमकाे आयाेजना गरेकाे हाे । कार्यक्रमलाई सम्बाेधन गर्दै बागमती प्रदेशसभा सदस्य छेत्र बहादुर बम्जनले
घ्याङलेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलानले सामुदायिक विद्यालयमा तामाङ भाषामा पठनपाठन गराउन पाठ्यक्रम तयार गरिएको बताउनुभयो ।
नेपाल तामाङ घेदुङका संघीय परिषदका सदस्य सूर्य पाख्रिनले पछिल्लो समयमा आधुनिकतामा रमाएर तामाङले आफ्नो भाषा,धर्म, संस्कार, संस्कृत विर्सदै गरेको बताउनुभयो । तामाङ समुदायले घरमा ठुलाेबडाकाे हातबाट सेताे रंगकाे टीका र आशिर्वाद ग्रहण गर्ने र घरकाे आगनमा दर्ज्यु राखे मात्रै ल्हाेछार कार्यक्रम आयोजना गरेकाे अर्थ रहने बताउनुभयो ।

नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष सुरत बहादुर स्याङतानले तामाङ समुदायले ल्हाेछारकाे दिन मात्रै आफ्नो भाषा,सस्कृति, भेषभुषा सम्झेर संरक्षण नहुने बताउनुभयो । उहाँले ल्हाेछारकाे महत्त्व बढाउन तामाङ समुदाय नै सक्रिय हुनु पर्ने बताउनुभयो ।
घ्याङलेख गाउँपालिका प्रवक्ता एवं २ नम्बर वडाका वडाअध्यक्ष राेसन भाेलनले तामाङ समुदायको भाषा,संस्कृत नयाँ पिडीमा हस्तान्तरण हुन नसक्दा लाेप हुने अवस्थामा पुगेकाे बताउनुभयो ।
कार्यक्रममा घ्याङलेख गाउँपालिकाकाे विभिन्न वडाका अध्यक्षहरू, नेपाल तामाङ घेदुङ मरिण गाउँपालिका समितिका अध्यक्ष माेतिलाल गाेले लगाएतले ल्हाेछारकाे शुभकामना दिएका छन् ।
नेपाल तामाङ घेदुङ घ्याङलेख गाउँपालिका समितिका अध्यक्ष बुद्धलाल पाख्रिनकाे अध्यक्षतामा भएको कार्यक्रममा तामाङ समुदाय स्थानीय तथा राष्ट्रियस्तरका चर्चित कलाकारहरूले सांगीतिक तथा साँस्कृतिक प्रस्तुति दिएका छन् ।