घरमै पुगेर विपन्न सुत्केरीलाई आर्थिक सहयोग

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २८ साउन । सिन्धुलीको मरिण गाउँपालिकाले विपन्न सुत्केरीलाई आर्थिक सहयोग गरेको छ ।

गाउँपालिकाले वडा नम्बर ७ नयाँ वस्ती थामी टोलका सुत्केरी सुष्मा थामीलाई आर्थिक सहयोग गरेको हो ।

आज मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात) प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी र वडा नम्बर ७ वडाअध्यक्ष चन्द्र बहादुर थिङ घरमै पुगेर विपन्न सुत्केरी थामीलाई नगद १० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।

वडा नम्बर ७ वडा सदस्यले आर्थिक अभावले गर्दा सुत्केरी सुष्माले जाउलोको भरमा बस्नुपर्ने बाध्यता रहेको सुनाए पछि घरमै पुगेर सहयोग गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले बताउनुभयो ।

सुत्केरीलाई आवश्यक पर्ने खाना, मासु, घ्यू लगाएतका पोषिलो खानेकुराहरु किनेर खानको लागि सहयोग गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो । सुष्माका श्रीमान उद्धद थामीले दोस्रो विवाह गर्नुभएको छ ।

श्रीमानले दोस्रो विवाह गरेकाले सुष्पाको हेरचाहमा कमी भएको परिवारले जनाएको छ । आर्थिक रुपमा विपन्न जुनसुकै अवस्थाका गाउँपालिकाबासीलाई आवश्यक सहयोग बर्षेनी गर्दै आएको गाउँपालिका अध्यक्ष मुक्तानले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्