
सिन्धुली, २४ चैत । सुनकोशी गाउँपालिका वडा नम्बर २ मझुवा बगर लाटीदेवी गाउँको घरघरमा खानेपानी धारा बनेपछि स्थानिय हर्षित भएका छन् ।
सुनकोशी गाउँपालिका र स्वास्थ्यको लागि पानी ( नेवा) को साझेदारीमा एक घर एक धारा अभियान अन्तर्गत घर घरमा खानेपानीको धारा बनेको छ ।

अभियान अन्र्तगत सुनकोशी गाउँपालिका २ को मझुवा बगर लाटीदेवी गाउँको २८ घर धुरीमा खानेपानीको धारा निर्माण भएको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले जानकारी दिनुभयो ।

सुनकोशी नदीको पानी सोलार लिफ्ट प्रविधिबाट माथि डाडाँमा रहेको ट्याङकीमा पुयाई गाउँमा वितरण गरिने अध्यक्ष दाहालले बताउनुभयो ।
निर्माण सम्पन्न भएको खानेपानी धाराको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोईराला, प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी लगाएतले अनुगमन समेत गर्नुभएको छ ।