
बुद्ध नेपाली
सिन्धुली, ३१ बैशाख ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सोमवार ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।
गोलन्जोर गाउँपालिका –३ को कातिकेबाट खोक्लिङ जाने भित्रि सडक खण्डमा गिट्टी बोकेर ग्वाल्टारबाट खोक्लिङ जादै गरेको ना ६ त २२२४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
ट्याक्टर सडकबाट १२० मिटर तल खसी भएको दुर्घटनामा चालक गोलन्जोर गाउँपालिका – २ का रोसन बहादुर मगरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सडकबाट ६० मिटर तल रुखमा अड्कीएका मगरलाई रुखबाट निकाली चेकजाँच गर्दा मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।