
सिन्धुली, २१ माघ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा रहेको श्री जनता माध्यमिक विद्यालयले आफ्नो बार्षिक उत्सव मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल रम्तेलको अध्यक्षता तथा गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)को प्रमुख आतिथ्यतामा विद्यालयले ६७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको हो ।
वार्षिक उत्सब कार्यक्रमलाई संबोधन गर्दै गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले पालिकाको विद्यार्थी संख्या कम भएका विद्यालयलाई तत्काल गाब्नु पर्ने अवस्था आएको बताउनुभयो ।
कम विद्यार्थी संख्या भएका विद्यालय नगाबे सम्म गोलन्जोर गाउँपालिकाको शिक्षा सुधार गर्न नसकिने उहाँले बताउनुभयो ।
वार्षिकोत्सब कार्यक्रममा गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चौधरी,पालिका प्रबक्ता रेगन राज थापा, वडा नं ५ का वडा अध्यक्ष गोविन्द लुङ्गेली ,शिक्षा शाखा प्रमुख सुस्मा आचार्य,शिक्षक,शिक्षिका विद्यार्थी,अभिभावकहरुको उपस्थिति भएको थियो ।