
सिन्धुली, ३ असोज । संविधान दिवसको अवसरमा आज आयोजना गरिएको हरिहरपुरगढी गाउँपालिका स्तरीय खुल्ला नृत्य प्रतियोगिताको उपाधी वडा नम्बर ५ मा रहेको जनहित माध्यमिक विद्यालय बोटेनीले जितेको छ ।
१० औं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा हरिहरपुरगढी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको नृत्य प्रतियोगितामा पालिकाभित्रका ११ वटा विद्यालयका ६ देखि १० कक्षा सम्म पढ्दै गरेका विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

नृत्य प्रतियोगितामा पहिलो भएको जनहित माध्यमिक विद्यालय बोटेनीले नगद १० हजार रुपैयाँ सहित प्रमाणपत्र पुरस्कार पाएको छ ।
प्रतियोगितामा दोस्रो भएको वडा नम्बर ३ मा रहेको भानुभक्त मावि तिनकुनाले नगद ७ हजार रुपैयाँ, तेस्रो भएको वडा नम्बर १ मा रहेको मावि कर्मिडाडा चिसापानीले नगद ५ हजार रुपैयाँ र सानत्वना हुने वडा नम्बर ४ मा रहेको मावि महेन्द्रझ्याडीले नगद २ हजार रुपैयाँ सहित प्रमाणपत्र पुरस्कार पाएको छ ।
संविधानको महत्व बुझाउन र विद्यार्थीहरुमा रहेको प्रतिभालाई प्रस्फुटन गराउन नृत्य प्रतियोगिताको आयोजना गरिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले बताउनुभयो ।
हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको अध्यक्षतामा भएको प्रतियोगितामा उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, गाउँपालसका प्रवक्ता एवं ४ नम्बर वडाअध्यक्ष कमल कुमार राई, २ नम्बर वडा अध्यक्ष विश्व राई, ७ नम्बर वडा अध्यक्ष बिच बहादुर मोक्तान, विभिन्न राजनीति दलका नेता, विद्यालयका शिक्षक विद्यार्थी लगाएतको उपस्थिति रहेको छ ।