
कोबे इन्टरनेशनल एजुकेशन सेन्टर, सिन्धुली शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको छ साथै वार्षिकोत्सव कै अवसरमा विद्यार्थीहरुलाई शैक्षिक पनि सामग्री वितरण गरिएको छ।

“रक्तदान जीवन दान“ भन्ने मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा जापानिज तथा कोरियन भाषाका विद्यार्थीहरू, शाखा प्रमुख, प्रतिनिधि लगायत उपस्थित व्यक्तिहरूले रक्तदान गरेका थिए ।
कार्यक्रममा रगतदान गर्ने विद्यार्थी, शाखा प्रमुख र प्रतिनिधिहरूलाई कोबे इन्टरनेशनल एजुकेशन सेन्टरका प्रबन्धक निशान बुढाथोकीले प्रमाणपत्र वितरण गर्नुभएको थियो।

प्रबन्धक बुढाथोकीले वार्षिकोत्सवको अवसरमा बोल्दै “रक्तदान जीवन दान“ भन्ने नारालाई आत्मसाथ गर्दै सिन्धुली जिल्लाभित्रका कुनै पनि बिरामीले रगतको आवश्यकताका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
यसैगरी, वार्षिकोत्सवको अवसरमा श्री मनकामना प्राथमिक विद्यालय, कमलामाई नगरपालिका वडा नम्बर ५ जरायोटारमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कक्षा १ देखि ५ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई झोला, कपि, पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
