मरिण गाउँपालिका वडा नं ७ महेश्वतामा आज जीवन विकास लघुवित्त वितिय संस्था लिमिटेड मरिण शाखाको आयोजनामा केन्द्र प्रमुखहरुको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाका आन्तरिक लेखा परीक्षण विभाग प्रमुख विनोद प्रसाद साहको अध्यक्षता तथा मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेपाल राष्ट्र बैङ्क बाट राष्ट्रियस्तरको घ वर्गको लघुवित्त वित्तीय संस्थाको रूपमा इजाजतपत्र प्राप्त जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड मोरंङ जिल्ला स्थित जीवन विकास समाज गैर सरकारी संस्था द्वारा प्रवर्धित वित्तिय संस्था हो । जीवन विकास लघुवित्त वितिय संस्था लि।को १६० वटा शाखामध्य सिन्धुली जिल्लामा ६ वटा शाखा रहेको छ ।
कार्यक्रममा संस्थाले मरिण र हरिहरपुरगढी गाउँपालिकाका ५ जना विद्यार्थीहरुलाई १ वर्षको लागि छात्रवृत्ति वितरण गरेको छ । जीवन विकास लघुवित्त वितिय संस्था लिमिटेड ५ वटा केन्द्रहरुलाई सम्मान समेत गरिएको छ । संस्थाका उत्कृष्ट बचतकर्ता र ऋणीहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले ऋण लिनु अगाडी के कामको लागि ऋण लिने हो त्यसको राम्रोसँग योजना बनाएर मात्रै लिदाँ ऋणको सदुपयोग हुने बताउनुभयो । कार्यक्रममा बोल्दै मरिण गाउँपालिका वडा नं ६ वडा अध्यक्ष हर्कवीर माझीले ऋण लिए पछि सही सदुपयोग गर्न र समयमै ऋण तिर्दा संस्था र ऋण लिने दुवैको हित हुने बताउनुभयो । संस्थाले विशेष गरी शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिलाई बढी जोड दिदै ऋण लगानी र कार्यक्रमहरु गर्दै आएको जीवन विकास लघुवित्त वितिय संस्थाका तालिम विभाग प्रमुख रञ्जना निरौलाले बताउनुभयो ।
मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान, जीवन विकास लघुवित्त वित्तीय संस्थाका आन्तरिक लेखा परीक्षण विभाग प्रमुख विनोद प्रसाद साह , मरिण गाउँपालिका वडा नं ६ अध्यक्ष हर्क वीर माझी, वडा नं ३ अध्यक्ष जीत बहादुर श्रेष्ठ, जीवन विकास लघुवित्त वितिय संस्थाको तालिम विभाग प्रमुख रञ्जना निरौला , मरिण शाखा प्रमुख साजन मण्डल, जीवन विकास लघुवित्त वितिय संस्थाको संचालक , सिन्धुली जिल्ला प्रमुख गायत्री पोख्रेल, नेपाल तामाङ घेदुङ मरिणको अध्यक्ष मोतीलाल गोले, संस्थाका कर्मचरीहरु, संस्थाका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।