
सिन्धुली, १७ पुष । मरिण गाउँपालिका ३ मा रहेको कुशेश्वर माध्यमिक विद्यालयले आज आफ्नो ४९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर मोक्तानको अध्यक्षता सिन्धुली क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिसभा सदस्य लेखनाथ दाहाल(राजन) को प्रमुख आतिथ्यतामा विद्यालयले बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।
बार्षिक उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर नेपालीले विद्यालयको करिव १ करोड भन्दाबढीकोे आय व्यय प्रतिवेदन र विद्यालयको भौतिक अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
बार्षिक उत्सवको अवसरमा विद्यालयमा संचालन भएको अतिरिक्त क्रियाकलापका विजेताहरु र बार्षिक परिक्षामा कक्षामा प्रथम, द्धितिय र तृतिय स्थान ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।
बार्षिक उत्सवमा विद्यालयका विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुत गरेका छन् ।
बार्षिक उत्सव कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, मरिण गाउँपालिका अधयक्ष विमर्श मुक्तान, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, लगाएतको उपस्थिती रहेको थियो ।