किसानलाई अधुवा, बेसारको विउ र उपकरण वितरण

बुद्ध नेपाली
  • ख-
  • ख+

सिन्धुली, २७ बैशाख । सिन्धुलीको कमलामाई नगरपालिकाका किसानहरुलाई अधुवा,बेसारको विउ, विषादी र कृषि औजार वितरण गरिएको छ ।

नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत वडा नम्बर ५ को अधुवा, बेसार पकेट क्षेत्रका किसानलाई विउ, विषादी र कृषि औजार वितरण गरिएको हो ।

८ सय ४५ केजी बेसार, एक सय केजी अदुवाको विउ, एउटा हाते ट्याक्टर, अदुवा, बेसार चाना बनाउने मेसिन, चाना सुकाउने सोलार डायर, प्याकेजिक गर्ने सामान र विषादी वितरण गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।

आज कमलामाई ५ का वडाअध्यक्ष पुर्ण बहादुर खड्को अध्यक्षता तथा नगरउप्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यतामा आयोजिक एक कार्यक्रमका बिच यी सामाग्री वितरण गरिएको छ ।

कमलामाई नगरपालिकाको २ लाख अनुदान र ५ नम्बर वडामा रहेको साखाजोर कृषक समुहको १ लाख ८ हजार गरी कुल ३ लाख ८ हजारमा यी सामाग्री खरिद गरी किसानलाई वितरण गरिएको नगरपालिकाका कृषि प्राविधिक देवि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

पकेट क्षेत्रमा अदुवा, बेसारको उत्पादन बढाउन किसानलाई विउ र कृषि औजार वितरण गरिएको नगरपालिकाका नगरउपप्रमुख देवकोटाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?