सिन्धुली कला घरको आयोजनामा कमलामाई नगरपालिका ३ चपौलीमा बिहीबारबाट राष्ट्रिय कला महोत्सव सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले महोत्सवको उद्घाटन गर्नुभयो ।
कला महोत्सवले कला र संस्कृतिको उजागर गर्ने विश्वास व्यक्त गर्दै कला र संस्कृति संरक्षणमा बागमती प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता गर्नुभयो । मौलिक कला संरक्षण गर्ने, कला घर निर्माणको महाअभियानमा हातेमालो गर्ने, कला सिर्जनाको आविश्कार केन्द्र तथा सांस्कृतिक विद्यालयको रुपमा कलाघरलाई विकास गर्ने, कलाकारहरुको आश्रमको रुपमा कलाघरलाई विकास गर्ने उद्देश्यले महोत्सव सुरु भएको हो । महोत्सव बैशाख ३ गतेसम्म सञ्चालन हुने छ ।
महोत्सवमा रैथाने संस्कृति, रैथाने खाना र रैथाने खेललाई प्रवद्र्धन गर्ने गरि स्टलहरु राखिएको छ साथै विभिन्न जातजातीका झाँकी, मौलिक संस्कृति झल्कने पोशाकहरु, अर्गानिक खानेकुराहरु लगाएतका स्टलहरु राखिएको छ ।
नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔं, नेपाली मौलिक कला संस्कृतिमा रमाऔं भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटनमा नेवार, दनुवार, सुनुवार, तामाङ लगाएत जातजातीको झाँकी, खैजडी भजन, पञ्चेवाजाका प्रस्तुतीहरु राखिएको थियो । महोत्सवमा विभिन्न जातीय कला, संस्कृति, पोषाक, परिकार र झाँकी प्रदर्शन गरिएको छ । जातीय पहिचान झल्कने पोशाक लगाएर फोटो खिच्न पाउने व्यवस्था समेत गरिएको छ ।
नेपाली मौलिक परम्परा झल्कने घरका नमुना, मौलिक परिकारहरु समेत महोत्सवमा राखिएका छन । यस्तै हस्तकला, चित्रकला, मूर्तिकला लगाएतका कलाको प्रदर्शन समेत गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय नृत्य, गायन, चित्रकला लगाएतका प्रतियोगिताहरु महोत्सवको अवधिमा गरिने छ । भजन, पञ्चेबाजाका प्रस्तुतिहरू राखिएको थियो । महोत्सवमा विभिन्न जातीय कला, संस्कृति, पोसाक, परिकार र झाँकी प्रदर्शन गरिएको छ । जातीय पहिचान झल्कने पोसाक लगाएर फोटो खिच्न पाउने व्यवस्था समेत गरिएको छ ।
नेपाली मौलिक परम्परा झल्कने घरका नमुना, मौलिक परिकारहरू समेत महोत्सवमा राखिएका छन् । यस्तै हस्तकला, चित्रकला, मूर्तिकला लगायतका कलाको प्रदर्शन समेत गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय नृत्य, गायन, चित्रकला लगायतका प्रतियोगिताहरू महोत्सवको अवधिमा गरिने छ ।