कमलामाई नगरपालिकाले २२ ‌औँ राष्ट्रिय धान दिवस मनायो।

सिन्धुली प्रेस
  • ख-
  • ख+

कविराज वाईबा

सिन्धुली असार १५

सिन्धुलीको कमलामाई नगरपालिकाले २२ ‌औँ राष्ट्रिय धान दिवस मनाएको छ । राष्ट्रिय धान दिवस को अवसरमा कमलामाई नगरपालिका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता कमलामाई नगरपालिकाले जनज्योती मा.वि. फोस्रेटामा राष्ट्रिय धान दिवस कार्यक्रमको आयोजना गरेको हो ।

“धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता “भन्ने मुल नाराका साथ नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले किसानहरूसँगै खेतमा धान रोप्दै धान दिवसको शुभारम्भ गर्नु भएको हो । दिवसको अवसरमा बोल्दै नगर प्रमुख पोखरेलले धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता ” नारालाई आत्मसाथ गर्दै धान उत्पादन वृद्धि गर्नका लागि आधुनिक प्रविधि र जैविक खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिनुभयो।

कृषि क्षेत्रको विकास र किसानहरूको उत्थानका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहेको समेत बताउनुभयो। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरू, सम्बन्धीत शाखाका प्रमुख तथा कर्मचारीहरु, शिक्षकहरु, किसानहरू, कृषि प्राविधिकहरु,कृषि विज्ञहरू र स्थानीय बासिन्दाहरू लगायतको सहभागिता रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्