कमलामाई नगरपालिकामा सरसफाइ गर्ने कर्मचारीको गाडीको ठक्करबाट मृत्यु

सिन्धुली प्रेस
  • ख-
  • ख+

कमलामाई नगरपालिकामा सरसफाइ गर्ने एक कर्मचारीको आइतबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको छ । कमलामाई नगरपालिका १२ का ३५ बर्षिया शेरबहादुर खपाङ्गीको बिहान सरसफाइको लागि कार्यालय तर्फ जाँदै गर्दा गाडीको ठक्करबाट मृत्यु भएको हो

झापाबाट काठमाडौँ जाँदै गरेको प्रदेश १–००१ च ८८२१ नम्बरको गाडीले कमलामाई नगरपालिका ६ रातमाटा घुम्ती नजिक ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि शेरबहादुरको उपचारको लागि सिन्धुली अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?