कपिलाकोट मावि मरिणले ६४ औँ बाषिकोत्सव मनायो

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १२ फागुन ।
फागुन १२ गते । मरिण गाउँपालिका ७ महेश्वतामा रहेको श्री कपिलकोट माध्यमिक विद्यालयले आज ६४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाईएको हो ।

बाषिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले विगत दुई बर्षमा कपिलाकोट माविमा धेरै प्रगती देख्न पाइएको बताउनुभयो । छात्रवृद्धि कोष स्थापना गर्ने, विद्यार्थीहरुलाई अनुशासित बनाउनले लगाएत रचनात्मक र सिर्जनात्मक गतिविधिहरु विद्यालयमा बढ्दै गएको उहाँले बताउनुभयो । विद्यालयले अभिभावक र विद्यार्थीहरुमा आत्मविश्वास बढाउन सके मात्रै विद्यार्थीहरुको चाप बढ्ने उहाँले बताउनुभयो ।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले कपिलाकोट माविलाई नमुना विद्यालय बनाउन स्थानिय सरकारले कुनै पनि कसुर बाँकी नराख्ने बताउन्ुभयो । उहाँले अहिले सम्म विद्यालयले प्रस्ताव गरेको अधिकांश कार्यक्रमहरुमा गाउँपालिकाले सहयोग गर्दै आएको बताउनुभयो । माओवादी केन्द्र मरिण गाउँसमितिका अध्यक्ष काजीमान थिङले पछिल्लो समय अंग्रेजी भाषा पढाउने बाहानामा अभिभावकहरुले बालबालिकाहरुलाई निजी विद्यालय रोज्दा सामुदायिक विद्यालयहरुमा विद्यार्थी घढ्दै गएको बताउनुभयो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक अमृत घिसिङले आर्थिक बर्ष २०८०÷०८१ कुल ४ करोड १० लाख ३२ हजार ६ सय ३१ रुपैंया बराबरको आर्थिक आयव्यय प्रस्तुत गर्नुभएको छ । बाषिकोत्सवको अवसरमा विद्यालयले छात्रवृत्ति अक्षयकोषबाट प्राप्त भएको २ लाख ६९ हजार रुपैयाँ आर्थिक रुपमा गरिव,विपन्न, जेहेदार र पिछडिएका १ सय ८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालयले उत्कृष्ट ५ जना शिक्षकहरु, छात्रवृत्ति कोषका संस्थापक सदस्यहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, छात्रवृत्तिकाषका संस्थापक सदस्यहरु, अभिभावक, शिक्षा प्रेमी, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्