एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार

सिन्धुली प्रेस
  • ख-
  • ख+

एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार

बुद्ध नेपाली
सिन्धुली, २ असोज । सिन्धुलीको मरिण गाउँपालिकाले आज माध्यमिक शिक्षा परिक्षा ९ (एसइइ) मा उत्कृष्ट नतिजा ल्याउने दुई जना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा २०८० को एसइइ परिक्षामा पालिकामै सबैभन्दा बढी जिपिए ल्याएर पास भएका एक छात्र र एक छात्रालाई नगद सहित पुरस्कृत गरेको हो ।

गाउँपालिकाले एसइइमा ३ दशमलव ५० जिपिए ल्याएका कपिलाकोट माध्यमिक विद्यालय छाप महेश्वताका छात्रा आयूष्मा आचार्य र ३ दशमलव ३५ जिपिए ल्याएका श्री माध्यमिक विद्यालय ठूलिदमार आँपचौरका छात्र नवराज बम्जनलाई जनही ४० हजार रूपैयाँ सहित पुरस्कृत गरेको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पढाईमा विद्यार्थीलाई हौसला बढाउन पुरस्कार प्रदान गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान९प्रख्यात० ले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?