सिन्धुली, ११ असोज । नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशनको गत असोज ८ गतेबाट काठमाण्डौंमा जारी रहेको छ ।
अधिवेशनबाट सके सम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास भएपछि अन्तत् चुनाव हुने भएको छ ।
यदि आज रातभरी सहमति नभएको अवस्थामा भोलि बिहान ८ बजेबाट च्यासलमा विधुतिय मतदान हुने भएको छ ।
एमाले बागमती प्रदेशको पदाधिकारीमा सिन्धुलीबाट एक जनाको मात्रै उम्मेदवारी परेको छ ।
एमाले बागती प्रदेशको उपसचिव पदमा यस अघि एमाले बागमती प्रदेश सदस्य समेत भइसक्नु भएका खड्ग बहादुर खत्रीले उम्मेदवारी दिनुभएको हो ।
पार्टीले आज बिहीवार बेलुका ८ बजे सम्म उम्मेदवारी फिर्ताको समय दिएको भएपनि खत्रीले आफ्नो उम्मेदवारी कायमै राख्नुभएको छ ।
२ जना उपसचिव पदका लागि आफुँ सहित १२ जनाको उम्मेदवारी परेको खड्ग बहादुर खत्रीले बताउनुभयो । ‘उम्मेदवारी फिर्ताको लागि धेरै आग्रह गरिएको थियो । मेरो जित सुनिश्चित भएकाले मैले दिएको उप सचिव पदमा चुनाव लड्ने तयारी सहित उम्मेदवारी कायममै राखेको छु । के हुन्छ भोली परिणाम आइहाल्छ नी’ उहाँले भन्नुभयो ।
उपसचिवका उम्मेदवार खत्री वि.सं. २०७४ सालमा भएको पहिलो स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट सिन्धुलीको कमलामाई नगरपालिकाको मेयर निर्वाचित हुनुभएको थियो ।
१ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव गरी २४० जनाको हुने नयाँ कमिटीको सदस्यमा सिन्धुलीबाट प्रदिप कटुवाल सहित ८,९ जनाको उम्मेदवारी परेको र बेलुका अबेर सम्म सहमतीमा सदस्यहरु चयन गर्ने प्रयास भईरहेको खत्रीले बताउनुभयो ।