एच.आइ.भी एड्स सङ्ग सम्बन्धित लाञ्छना र भेदभाव अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

सिन्धुली प्रेस
  • ख-
  • ख+

कविराज वाईबा
सिन्धुली, मरिण
एच.आइ.भी एड्स सङ्ग सम्बन्धित लाञ्छना र भेदभाव अभिमुखिकरण कार्यक्रम मरिण गाउँपालिकामा आज (बिहीबार) सम्पन्न भएको छ ।
मरिण गाउँपालिका अध्यक्ष विर्मश मुक्तानको अध्यक्षतामा बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा एच.आइ.भी एड्स सङ्ग सम्बन्धित लाञ्छना र भेदभाव अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
सिन्धुली जिल्ला भित्र ११७ जना एच.आइ.भी एड्स संक्रमित व्यत्तिहरु रहेको र ७१ जनाले नियमित रुपमा औषधी सेवन गर्दै आएको बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय हेटौंडाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कार्यक्रममा समाजमा एच.आइ.भी एड्स लागेको व्यक्तिलार्इृ कस्तो व्यवहार गर्ने, कसरी न्यीनिकरण गर्ने, संक्रमित व्यक्तिको आत्मसम्मान अभिवृद्धि गर्न के कस्तो कार्यक्रम सञ्चालन गर्ने लगाएत बिषयमा स्थानिय प्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूसगँ छलफल गरिएको छ ।
मरिण गाउँपालिका अध्यक्ष विर्मश मुक्तानले एच.आइ.भी एड्स सङ्ग सम्बन्धित लाञ्छना र भेदभाव सचेतना कार्यक्रमसमुदायस्तरमा संवेदनशीलता बढाउन र संक्रमित व्यक्तिको आत्मसम्मान अभिवृद्धि गर्न नयाँ नयाँ तरिकाले गर्नु पर्नेमा जोड दिनु भएको छ । साथैे समाजबाट खेपिरहेको धृणा, अपमान, समुदायबाट बहिष्कार जस्ता समस्यालाई मध्यनजर गर्दै संक्रमित व्यक्तिहरुको परिचय सम्बन्धीत ठाउँमा मात्र खुलाउन अग्रह गर्नु भएको छ ।
कार्यक्रम संक्रमित व्यक्ति तथा समुदायप्रति समाजमा व्याप्त लाञ्छना, हेपाहा व्यवहार तथा भेदभाव अन्त्य गर्न, एच.आइ.भी एड्स सम्बन्धि गलत धारणाहरु, भ्रम र डर हटाउन, समान अधिकार र अवसर सुनिश्चित गर्न, एच.आइ.भी एड्स को रोकथाम उपचार हेरचाह तथा सहयोग सेवामा पहुँच बढाउने उदेद्श्यले सञ्चालन गरिएको हो ।
कार्यक्रममा मरिण गाउँपालिका उपध्याक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, विभिन्न वडाका वडाअध्यक्षहरु, स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्