उपाध्यक्ष माझीको संयोजकत्वमा बालिका तथा समावेशी शिक्षा सञ्जाल विस्तार

सिन्धुली प्रेस
  • ख-
  • ख+

छाप, ९ असोज । सिन्धुलीको मरिण गाउँपालिकामा आज बालिका तथा समावेशी शिक्षा सञ्जाल विस्तार गरिएको छ ।

मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझीको संयोजकत्वमा गाउँपालिका स्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल विस्तार गरिएको हो ।

सञ्जालको सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, शिक्षा शाखा प्रमुख नवराज बराल, स्वास्थ शाखा प्रमुख मधु लाखे, ईलाका प्रहरी कार्यालय कपिलाकोटका इनिस्पेक्टर बेनु कार्की र महिला तथा बालबालिका शाखा प्रमुख मिना गिरी रहेका छन् ।

थप अन्य सदस्यहरु गाउँपालिका अध्यक्ष सञ्जालको बैठकले मनोनयन गर्ने कार्यविधि रहेको छ । मरिण गाउँपालिका भित्रका बालिका, अपाङ्गता तथा सीमान्तकृत र जोखिममा रहेका बालबालिकाहरुको शिक्षा, सुरक्षा र संरक्षणका अधिकारहरूलाई प्रवर्द्धन गरी लैंङ्गिक हिंसामा कमी ल्याउन र बालबालिकाहरुले सामना गरिरहेका शैक्षिक अवरोधहरूको सम्बोधन गर्न, सिकाइलाई दिगो रुपमा जीवनपर्यन्त निरन्तरता दिन यो बालिका तथा समावेशी शिक्षा सञ्जाल विस्तार गरिएको मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले जनाएको छ ।

मरिण गाउँपालिकाको समन्वय शीक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा भएको कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान, उपाध्यक्ष विमला माझी, वडा नम्बर ६ का वडाअध्यक्ष हर्कविर माझी, वडा नम्बर १ का वडाअध्यक्ष हिरा बहादुर गुर्मछान, कार्यपालिका सदस्यहरु, वडा सदस्य, शिक्षक विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्