
सिन्धुली, ८ असार । सिन्धुलीको मरिण गाउँपालिकाले शनिवार ९आज० आर्थिक बर्ष २०८१÷०८२ को निति तथा कार्यक्रम र बजेट ल्याएको छ ।
कृषि, पर्यटन, सामाजिक विकास, भौतिक विकास, शिक्षा, स्वास्थ्य लगाएतलाई प्राथमिकता दिदै गाउँपालिकाले निति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को लागि ६३ करोड भन्दा बढीको बजेट ल्याएको हो ।
गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौ अधिवेशन पहिलो बैठकमा उपाध्यक्ष विमला माझीले आगामी आर्थिक बर्षको लागि गाउँपालिका, प्रदेश सरकार र संघिय सरकारको गरी कुल ६३ करोड ६० लाख ६३ हजार ८ सय रूपैयाँ बजेट प्रस्तुत गर्नुभएको छ ।
चालू तर्फ ४३ करोड २० लाख ६८ हजार ८ सय रूपैयाँ र पुँजीगत तर्फ २० करोड ३९ लाख ९५ हजार रूपैयाँ बजेट विनियोजन गरीएको छ ।