आफ्नो निर्वाचन क्षेत्रमा दर्जनौ योजनाहरू कार्यान्वयन भईरहेको प्रदेशसभा सदस्य श्रेष्ठ काे भनाइ

सिन्धुली प्रेस
  • ख-
  • ख+

कुनै काम देख्दा सानो लागे पनि त्यसको प्रभाव भने धेरै ठुलो र महत्त्वपूर्ण हुन्छ । त्यस्तै मध्येको एउटा काम हो बागमती प्रदेश सरकारको बजेटमा मरिण गाउँपालिका ७ मा रहेको गौरीशङ्कर मावि जयमंगल सम्म पुग्ने सडक निर्माणको काम ।

सिन्धुलीबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य एवं पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठको विशेष पहलमा प्राप्त बजेटले निर्माण भएको यस सडकले गौरीशङ्कर मावि जयमंगलको लागि र त्यस क्षेत्रका स्थानीय नागरिकको लागि निकै सुविधा दिने पक्का छ ।

विद्यालय सम्म पुग्ने सडक नभएकै कारण जयमंगल माविले थुप्रैपटक सुविधा सम्पन्न पक्की भवन निर्माणको लागि आएको बजेटबाट बन्चित हुनु परेको थियो भने विद्यार्थी, शिक्षक, अभिभावकहरूलाई विद्यालय आउजाउ गर्न कठिनाइ हुदै आएको थियो ।

अहिले मदन भण्डारी राजमार्गबाट विद्यालय सम्म पुग्ने नयाँ सडक बनेपछि विद्यालय र स्थानीयलाई धेरै सहज अवस्था बनेको स्थानीयहरूको भनाई छ ।

चालू आर्थिक बर्षमा बागमती प्रदेश सरकार र जनश्रमदान गरि करिब २४ लाख लागतमा तीन सय मिटर बढी सडक निर्माण भएको हो ।

स्थानीयको मागलाई मध्ये नजर राखेर बागमती प्रदेशबाट आफ्नो निर्वाचन क्षेत्रमा दर्जनौ योजनाहरू कार्यान्वयन भईरहेको प्रदेशसभा सदस्य गंगा नारायण श्रेष्ठ बताउनु हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्