अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर परिचय पत्र वितरण गरेका छौं ः अध्यक्ष मुक्तान

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २६ मंसिर । सिन्धुलीको मरिण गाउँपालिकामा सोमवार अपाङ्गता भएका व्यक्तिको सबाल, नितिगत व्यवस्था, सहायक सामग्री, परिचय–पत्र तथा सेवा सुविधा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

मरिण गाउँपालिकाको आर्थिक सहयोगमा सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले अपाङ्गताको क्षेत्रमा छुट्याएको बजेट पर्याप्त नभएकाले आगामी दिनमा आवश्यक अनुसारको बजेटको व्यवस्था गर्ने बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मी सहित घरमै पुगी स्वास्थ्य अवस्था चेकजाँच गरेर अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझीले गाउँपालिकामा बन्ने हरेक संरचना अपाङ्गमैत्री बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, अपाङ्गता भएका व्यक्ति लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्