सिन्धुलीको मरिण गाउँपालिका ७ महेश्वतामा रहेको कपिलाकोट माध्यमिक विद्यालयले शनिवार (हिजो) आफ्नो ६३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालयको दिवसको अवसरमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले छात्रवृत्ति कोष स्तम्भको सम्दघाटन समेत गर्नुभएको छ ।
दिवसको अवसरमा विद्यालयका प्रधानाध्यापक अमृत घिसिङले आर्थिक बर्ष २०७९÷०८० को कुल ३ करोड ५२ लाख ३२ हजार १९८ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले बागमती प्रदेश शिक्षा निति जारी गरी सकेकाले सहकार्य गरेर शिक्षाको सुधारमा लाग्न स्थानिय सरकारहरुलाई आग्रह गर्नुभयो ।
उहाँले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल लिनको लागि व्यवस्थापन समिति, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले व्यवहारीक शिक्षालाई जोड दिदै पढ्दै कमाउदै भन्ने कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयकाले स्थापना गरेको छात्रवृत्ति कोषमा नगद सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेल, माओवादी केन्द्रका प्रकास श्रेष्ठ सहितका अन्य नेता, अभिभावक, शिक्षाप्रेमी लगाएतको उपस्थिती रहेको थियो ।