पाँचौं मरिण गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज देखि सुरु

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २६ पुष । पाँचौं मरिण गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज देखि सुरु भएको छ । मावि खयरसालको खेलमैदानमा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बिच मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)ले रेफ्रिलाई भलिबल हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको हो ।

मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा माध्यमिक विद्यालय मरिण खयरसालको आयोजनामा सुरु भएको खेलकुद प्रतियोगितामा मरिण गाउँपालिका भित्रका १२ वटा मावि विद्यालयका खेलाडी विद्यार्थीहरुको सहभागीता रहेको छ । प्रतियोगितामा छात्र, छात्रा भलिबल, एक सय, दुई सय, चार सय, आठ सय र १५ सय मिटर दौड, छात्र छात्रा लङ्जम्प, सर्टपुट, ज्याभिलिङ थ्रो लगाएतका खेलहरुमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन पछि बोल्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)ले संघिय सरकारले नयाँ शिक्षा ऐन ल्याउन नसक्दा शिक्षामा सुधारको काम गर्न समस्या भईरहेको बताउनुभयो । धेरै अगाडी बनेका शिक्षा ऐन, कानुन, नितिका आधारमा काम गर्नुपर्ने बाध्यताले गर्दा सोचे अनुसार शिक्षामा रुपान्तरण गर्न नसकिएको अध्यक्ष मुक्तानले बताउनुभयो ।

कार्यक्रममा बोल्दै मरिण गाउँपालिका उपाध्यक्ष बिमला माझीले र प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले खेलको नियम पालना गरेर अनुशासित र मर्यादित भई खेलकुद खेल्न खेलाडी विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । आगामी तिन दिन सम्म चल्ने खेलकुद प्रतियोगिताको विभिन्न खेलहरुमा भाग लिएर सबैभन्दा बढी अंक ल्याउने विद्यालयले रनिङ शिल्ड प्राप्त गर्ने छ भने विजेता खेलाडी विद्यार्थीहरुले मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

कार्यक्रममा मरिण गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा प्रमुख नवराज वराल, इलाका प्रहरी कार्यालय कपिलाकोटका इन्चार्ज धर्मराज खत्रि, जिल्ला खेलकुद विकास समिति अध्यक्ष विशाल थिङ, मरिण गाउपालिका खेलकुद विकास समिति संयोजक सागर थिङ, विद्यार्थी, शिक्षक, अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?