
गाेलन्जाेर गाउँपालिकाकाे दुई विद्यालयका गरिव, जेहेन्दार विद्यार्थीहरूलाई आज स्कुल झाेला वितरण गरिएको छ ।
काेबे इन्टरनेशनल एजुकेसन सेन्टर (केआइइसी) ले गाेलन्जाेर गाउँपालिका ३ ग्वाल्टारमा रहेको श्री काैशिका माध्यमिक विद्यालय र वडा नम्बर ६ बलेनीमा रहेकाे श्री बाशेश्वर आधारभुत विद्यालयका विद्यार्थीहरूलाई स्कुल झाेला वितरण गरिएको हाे ।
श्री काैशिका माध्यमिक विद्यालयका १ सय जना र बाशेश्वर आधारभुत विद्यालयका ३० जना बाल विद्यार्थीहरूलाई झाेला वितरण गरिएको छ ।
दुवै विद्यालयमा आयाेजित कार्यक्रममा काेबे इन्टरनेशनल एजुकेसन सेन्टर (केआइइसी) काठमाडौका प्रबन्धक निसान बुढाथोकी र सिन्धुली शाखा प्रबन्धक इन्द्र श्रेष्ठले विद्यार्थीलाई स्कुल झाेला हस्तान्तरण गर्नुभएको हाे ।
झाेला हस्तान्तरण गर्दै विद्यार्थीहरूलाई किताब कापी बाेक्न सहज हाेस् भनेर झाेला वितरण गरिएको प्रबन्धक बुढाथोकीले बताउनुभयो । वितरण गरिएको झाेलाले गरिब जेहेन्दार विद्यार्थीहरूकाे पढाइमा सहयोग गर्ने विद्यालयका शिक्षकहरूकाे भनाइ छ ।
सिन्धुली र काठमाडौंमा जापानिज तथा काेरियान भाषा प्रशिक्षण गराउदै आएको काेबे इन्टरनेशनल एजुकेसन सेन्टर (केआइइसी) ले यश बर्ष सिन्धुलीको विभिन्न पालिकाकाे ९ वटा विद्यालयका ६ सय बढी गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई स्कुल झाेला वितरण गरिएको प्रबन्धक बुढाथोकीले बताउनुभयो ।