भौतिक पुर्वाधार निर्माणलाई मात्रै विकास मान्न नमिल्ने उपाध्यक्ष थिङको भनाई

सिन्धुली प्रेस
  • ख-
  • ख+

हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङले भौतिक पुर्वाधार निर्माणलाई मात्रै विकास मान्न नमिल्ने बताउनुभएको छ । हरिहरपुरगढी गाउँपालिकाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थिङले यस्तो बताउनुभएको हो ।

तीन तहकै सरकारले प्राय भौतिक विकासलाई मात्रै बढी प्राथमिकता दिदै आएको बताउनुभयो । उहाँकै जनताले पनि झट्ट हेर्दा भौतिक निर्माणलाई मात्रै विकास ठान्ने गर्दा पनि सरकारले तयार गर्ने निति तथा कार्यक्रम र बजेटमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमहरू कम प्राथमिकतामा पर्ने गरेको बताउनुभयो ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण विज्ञ रेसम पोखरेलले हरिहरपुरगढी गाउँपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को परीक्षण गर्नु भएको छ । स्थानीय तहको प्रत्येक आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेटलाई समावेशी रूपमा कार्यान्वयन भए नभएको परीक्षण गर्ने र कार्यान्वयन गराउन योजना तयार गर्ने उदेश्यले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गर्ने गरिन्छ ।
सबै व्यक्तिलाई समान अवसर, अधिकार, र सहभागिता सुनिश्चित, समाजमा विद्यमान विभेद, बहिष्करण र असमानतालाई न्यूनीकरण गर्ने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणको उद्देश्य हो ।

उपाध्यक्ष थिङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिनल श्रेष्ठ, १ नम्बर वडा अध्यक्ष जित बहादुर थिङ, २ नम्बर वडा अध्यक्ष विश्व राई, ५ नम्बर वडा अध्यक्ष साइला लामा, ८ नम्बर वडा अध्यक्ष धन बहादुर थिङ, कार्यपालिका सदस्य सन्तली राई, मोहनकाजी विश्वकर्मा, सोमी माया रानामगर, दिल कुमारी कामी, दुर्गा माया विक, छलिमाया मुक्तान, कर्मचारी लगाएतको उपस्थिति रहेको थियोे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्