सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका –४ हाक्पारामा सुलखाङ अर्गानिक कृषि घरको उद्घाटन गरिएको छ ।
गाउँपालिकाका किसानहरुले उत्पादन गरेका अर्गानिक खाद्य वस्तु र तरकारीहरुको संकलन गरी विक्री गर्ने उदेश्यले स्थानिय निरेश मोक्तानले संचालन गर्नुभएको सुलखाङ अर्गानिक कृषि घरको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले उद्घाटन गर्नुभएको हो ।
हरिहरपुरगढी गाउँपालिकाका किसानहरुले उत्पादन गरेका अर्गानिक खाद्य वस्तु, तरकारी, फलफुल र जडीबुटीहरु किनेर प्रसोधन गरी विक्री वितरण गर्ने उदेश्यले कृषि घरको संचालन थालिएको निरेश मुक्तानले बताउनुभयो ।
५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको कृषि घरले भाडामा लिएको जग्गामा विस्तारै तरकारीहरु पनि उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा हरिहपुरगढी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ४ का वडाअध्यक्ष कलम कुमार राई, कार्यपालिका सदस्य मोहनकाजी विश्वकर्मा लगाएतको उपस्थिती रहेको थियो ।