सिन्धुलीमा ६ क्विन्टल १५ केजी लागुऔषध गाँजा सहित एक जना पक्राउ

बुद्ध नेपाली
  • ख-
  • ख+

सिन्धुली, ९ असार । प्रहरीले सिन्धुलीमा ठूलो परिमाणमा लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

हरिहरपुरगढी गाउँपालिका ७ चिसापानीबाट ६ क्विन्टल १५ केजी गाँजा सहित उदयपुरको कटारी नगरपालिका ६ घरभई चिसापानी बस्दै आएका कुमार पाख्रिनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

शनिवार राती १ बजे गाँजा सहित पक्राउ गरेका पाख्रिनलाई आज आईतवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

शनिवार राती १ बजे चिसापानीका थाले ब्लोनको गोठमा अवैध गाँजाको बोरा लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा गाँजा बरामद गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेका कुमार पाख्रिनलाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्यभईरहेको उहाँले बताउनुभयो ।

बरामद गरिएको गाँजा सरोकारवाला निकायको रोहवरमा नष्ट गरिने उहाँले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्