मरिण १७ सामुदायिक विद्यालयलाई आइसीटी सामग्री वितरण

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २ जेठ । सिन्धुलीको मरिण गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि नया पहल थालेको छ । गाउँपालिकाले १७ सामुदायिक विद्यालयहरुलाई सूचना प्रविधिका डिजिटल उपकरणहरु वितरण गरेको हो ।

प्रति विद्यालय डेढ लाख भन्दा बढी रुपैंयाको लगानीमा गाउँपालिकाले सामुदायिक विद्यालयहरुका लागि ल्यापटप, प्रोजेक्टर र प्रिन्टर (आइसीटी सामग्री) वितरण गरेको छ । गाउँपालिकाको सभाहलमा बुधवार एक कार्यक्रमको आयोजना गरि ५१ थान आइसीटी सामग्री विद्यालयका अध्यक्ष, प्रधानाध्यापकलाई प्रदान गरिएको हो ।

गाउँपालिका भित्र रहेका सामुदायिक विद्यायलहरुलाई स्मार्ट कक्षा सञ्चालनसँगै शैक्षिक गुणस्तर सुधारका लागि प्रोत्साहनका लागि आइसीटी सामग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।

अध्यक्ष मुक्तानले सीटी सामग्रीको उच्चतम प्रयोग गर्दै शैक्षिक गुणस्तर सुधारको अभियानलाई प्रभावकारी बनाउन आग्रह समेत गर्नुभयो । उहाँले विद्यालयलाई दिएको सामाग्री विद्यालयको कामको लागि मात्रै प्रयोग गर्न सुझाव दिनुभयो । कार्यक्रममा उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, वडाअध्यक्षहरु लगायतले बोल्दै गाउँपालिकाले शैक्षिक सुधारका लागि प्रविधिमैत्री विद्यालय बनाउन जोड दिएको बताउनुभयो ।

मरिण गाउँपालिकाले विजुली र ईन्टरनेट सुविधा पुगी सकेका विद्यालयलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधिका डिजिटल उपकरणहरु वितरण गरी रहेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन विभिन्न चरण शिक्षकलाई कम्प्युटर चलाउने तालिम समेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

आर्थिक बर्ष २०८०÷०८१ को निति तथा कार्यक्रममा विद्यालयको हस्तलिखित चिठ्ठीपत्रलाई हटाई अनिवार्य कम्प्युटर प्रविधिमा लेख्नुपर्ने गाउँपालिकाले उल्लेख गरेको छ । सोही निती अनुसार विद्यालयहरुलाई प्रविधिमैत्री बनाउदै लगिएको गाउँपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्