सिन्धुली, १७ मंसिर । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ काे मदन भण्डारी लाेकमार्गबाट हरिहरपुरगढी- जितपुरगढी- कामीडाँडा- चपरा सम्म पुग्ने रिङ्गराेड सडककाे शिलान्यास गरिएको छ ।
आज आयाेजित एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले सडककाे शिलान्यास गर्नुभएकाे हाे ।
भाैतिक याेजना तथा यातायात मन्त्रालय सडक विभाग, सडक डिभिजन खाल्टे अन्तरगत कुल ५९ लाख ९८ हजार ८५९ रूपैयाँ बजेटमा सिद्धलेख निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लीले सडक निर्माणकाे ठेक्का लिएकाे छ ।
सडक शिलान्यास पछि सम्बाेधन गर्दै प्रतिनिधिसभा सदस्य दाहालले यस सडकलाई रिङ्गराेड सडक बनाउन बहुबर्षिय याेजनामा पारेर बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
बागमती प्रदेशसभा सदस्य सुस्पा भजुेलले तीन तहकाे सरकार बिच प्रभावकारी समन्वय, सहकार्य नहुदाँ बजेट कार्यान्वयनमा समस्या बढ्दै गएकाे बताउनुभयाे ।
हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले याे सडक स्तरउन्नती भएपछि ऐतिहासिक हरिहरपुरगढी किल्लालाई पर्यटकीय क्षेत्र बनाउन धेरै मद्दत पुग्ने बताउनुभयो ।
वडा नम्बर ३ काे गुर्जीमा मल कारखाना स्थापनाकाे लागि प्रयास भईरहेकाे भन्दै संघिय सरकारले तदारुकता देखाए चाडै मल कारखाना स्थापना हुने अध्यक्ष वाइबाले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पैकरा, वडा नम्बर १ का वडाअध्यक्ष जित बहादुर थिङ, वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर भाेलन लगाएतकाे उपस्थिति रहेकाे थियाे ।