
चैनपुर, हरिहरपुरगढी, १३ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज देखि सुरू भएको छ ।स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदू भन्ने नाराका साथ सुरू भएको प्रतियोगिताको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले सटफुट हानेर उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा हरिहरपुरगढी गाउँपालिका भित्रका ८ वटा मावि विद्यालयहरू जनता मावि बखबर,भानुभक्त मावि डाब्सार, मावि पान्तले, मावि महेन्द्रझ्याडी, मावि घन्टे, मावि कर्मिडाँडा र जनहित मावि बोटेनीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्सका दौड, हाईजम्प, त्रिपलजम्प, सटफुट, ज्याभ्लिङ थ्रो लगाएतका खेलहरू संचालन हुने हरिहरपुरगढी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मी बहादुर राईले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो,दास्रो र तेस्रो हुने विद्यालयले ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । प्रतियोगिता उद्घाटन कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पैकारा, विभिन्न वडाका वडाअध्यक्षहरू, विभिन्न राजनीतिक दलका नेता, विद्यार्थी, शिक्षक लगाएतको उपस्थिति रहेको थियो ।